कृषि वित्त सेवा सहजिकरणका लागि सम्झौता
इन्भेष्टाेपेपर । चैत्र ०२, २०७७
आर एण्ड डि इनोभेटिभ सोलुसन प्रा.लि. र डेभ्लपमेन्ट एलायन्स नेपाल प्रा.लि. दुबै संस्थाहरु समान उद्देश्यका साथ कृषि र कृषि वीत्त क्षेत्रमा कार्यरत रहेकामा यस क्षेत्रको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु पर्ने आवश्यकतालाई महसुस गरी एकआपसमा सहकार्य गर्दै अगाडि बढ्न हालै एक सम्झौता गरेकाछन् ।
आर एण्ड डिका अध्यक्ष सुनिता नेम्हाफुकी र एलायन्सका प्रवन्ध निर्देशक रुद्रप्रसाद उपाध्यायले हस्ताक्षर गर्नु भएको उक्त सम्झौतामा कृषि वित्तका साथै कृषि वीमा सेवा प्रवाह एवं विस्तारका क्रममा देखिएका समस्याहरुको पहिचान तथा सामाधानका लागि केन्द्रिय, प्रदेश र स्थानीय निकायका साथै नेपाल राष्ट्र बैंक एवं बैंक तथा वित्तीय संस्थाहरु र सबै सरोकारवाला निकायहरुसंग समन्वय गरी अगाडि बढ्ने जनाइएको छ ।
उक्त कार्यक्रममा आर एण्ड डिका अध्यक्ष श्रीमति नेम्हाफुकीले डेभ्लपमेन्ट एलायन्समा कृषि विकास बैंकबाट अवकास प्राप्त कृषि कर्जाको क्षेत्रमा लामो अनुभव प्राप्त विज्ञहरुको संलग्नता रहेकोले उहाँहरुको अनुभवबाट कृषि वित्त क्षेत्रलाई प्रभावकारी रुपले अगाडि बढायन सघाउ पुग्ने बताउनु भयो ।
यसै गरी कार्यक्रममा एलायन्सका अध्यक्ष तोयानाथ पाण्डेयले कृषि वित्त क्षेत्रमा सानाकिसानसमेतको पहँुच बढाउन आवश्यक रहेकोले यस प्रकारको सहकार्यले कृषि वित्तीय साक्षरता अभिबृद्धि गर्दै कृषि क्षेत्रको विकासमा थप सघाउ पुग्ने बिचार राख्नु भएको थियो ।
