चीनकाे ‘जुरोङ्ग’ अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण
इन्भेष्टोपेपर । जेष्ठ १, २०७८
चीनले पहिलो पटक मंगल ग्रहमा सफलतापूर्व यान अवतरण गरेको छ । चिनिया अन्तरिक्ष यान जुरोङ्ग गएराति चन्द्रमाको सतहमा सफतापूर्वक अवतरण गरेको चिनिया अन्तरिक्ष एजेन्सीले जनाएको छ ।
छ चक्का भएको जुरोङ रोबट उक्त ग्रहको उत्तरी गोलार्द्धमा रहेको एउटा विशाल समथर भूभागमा अवतरण गर्ने लक्ष्य राखिएको थियो। उक्त यान अवतरणका लागि एउटा सुरक्षा खोल, एउटा प्यारासुट र एउटा रकेट प्लेटफर्मको सहायता लिएको थियो।
बेइजिङ समय अनुसार उक्त यान शनिवार बिहान ७ बजेर १८ मिनेट जाँदा अवतरण गरेको थियो।चिनियाँ राष्ट्रपति सी जिन्पिङले एउटा विशेष सन्देशमा उक्त अभियानको ‘अद्वितीय उपलब्धि’का लागि बधाई दिएका छन्।
आगोका देवता अर्थ लाग्ने जुरोङलाई तिआन्वेन-१ अभियानमार्फत फेब्रुअरीमा मङ्गल ग्रहमाथि पुर्याइएको थियो। त्यसयताको समय सो यानले अवतरण गर्ने स्थानको अवस्था अध्ययन गर्न खर्चिएको थियो।
मङ्गल ग्रहसँग पृथ्वीको दूरी ३२ करोड किलोमिटर छ जसको अर्थ त्यहाँबाट रेडियो सन्देशहरू १८ मिनेट लागेर पृथ्वीसम्म आइपुग्छन्। जसका कारण उक्त यान अवतरणका सबै तहहरू स्वचालित रूपमा व्यवस्थापन गरिएका थिए।
सफल अवतरणपछि वैज्ञानिकहरूले अब यानले मङ्गल ग्रहमा कम्तीमा ९० दिन काम गर्दै त्यस वरपरको भूगर्भ अध्ययन गर्ने अपेक्षा गरेका छन्। सोल भनिने मङ्गल ग्रहको दिन २४ घण्टा ३९ मिनेट लामो हुन्छ। उक्त यानको तौल २४० किलो छ त्यसले सौर्य ऊर्जाबाट काम गर्छ।
पृथ्वीको सतहबाट सात महिनाको यात्रा तथा तीन महिनासम्म चन्द्रमाको कक्षमा परिक्रमा गरेपछि चिनिया रोवर मंगल ग्रहमा अवतरण भएको हो । यसलाई अन्तरिक्ष अभियानमा चिनको अहिलेसम्मकै ठूलो सफलताको रुपमा हेरिएको छ । यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्न सफल भएको थियो । (बीबीसीबाट)
