चीनको चमत्कारबाट ज्ञान आर्जन गरौँ : परराष्ट्रमन्त्री ज्ञवाली
Investopaper, असार २१, २०७६
बेइजिङ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार बेइजिङस्थित नेपाली दूतावासमा भएको छलफलमा नेपालले चीनको चमत्कारबाट ज्ञान आर्जन गर्नुपर्ने बताएका छन्।
उनले विदेशमा रहेका नेपालीको सीप र ज्ञान मातृभूमिको विकासका निम्ति उपयोग गर्नुपर्नेमा जोड दिए। त्यही उद्देश्यले ब्रेन गेन सेन्टरको स्थापना गरेको उनको भनाइ छ। अप्रिलमा परराष्ट्र मन्त्रालय मातहत स्थापित यस केन्द्रमा हालसम्म सात सय विज्ञ जोडिका छन्। तीन हजार जनासम्म जोडिने अनुमान छ।
परराष्ट्रमन्त्री ज्ञवालीले छलफलमा उपस्थित नेपाली विज्ञलाई आफ्नो मातृभूमिलाई तीन ढंगले सहयोग गर्न सकिने बताए। बुधबार बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो। उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल लगायत उपस्थित थिए। पौडेलले उपस्थित सबै विज्ञलाई ज्ञान तथा अनुभव देश विकासका लागि सान्दर्भिक रहेको भन्दै देश सेवाका लागि अगाडि आउन आग्रह गरे।
विगत २० वर्षदेखि चीनमा बस्दै आएका राकेश ताम्राकार फाइभ जीको अनुसन्धानकर्ता हुन्। पुनराज राई, मधुसुदन थापा मगर, नमिता पौड्याल अधिकारीलगायतले नेपालमा बृहत् मोलिक्यूलर बेस्ड रिसर्च ल्याबको आवश्यकता रहेको बताए।
डाक्टर शालिक राम सिग्देलले चीनमा अध्ययन सकेर नेपाल फर्किने सोच भए पनि अध्ययन र विषयको अनुसन्धानका कारण तीनमै ६ वर्ष बितेको बताए। गृष्म डाभोस मञ्चका लागि चीन आएका परराष्ट्रमन्त्री ज्ञवाली शुक्रबार स्वदेश फर्किदै छन्।
आजको अन्न्पुर्ण पोष्ट दैनिकमा याे खबर अजय अलाैकिकले लेख्नुभएकाे छ ।
