जननेता मदन भण्डारीका योगदानहरु दूरगामी महत्वका र अतुलनीय : प्रधानमन्त्री

इन्भेष्टोपेपर । जेष्ठ ३, २०७

काठमाडौं । २८ औं जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवसको उपलक्ष्यमा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत तथा सम्पूर्ण पार्टी पंक्तिका तर्फबाट उहाँहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र तथा नेपाली जनताका लागि जननेता मदन भण्डारीका योगदानहरु दूरगामी महत्वका र अतुलनीय रहेको बताउनुभयो । नविन विचारकका प्रतिपादक र मौलिक सिद्धान्तका अन्वेषक जननेता स्वर्गीय भण्डारीले नेपाली समाजको ऐतिहासिक विकासक्रम तथा विशेषता, माक्र्सवादका आधारभूत सिद्धान्त र अन्तरार्ष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुको गहन अध्ययन एवम् समीषामाथी आधारित भएर जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गर्नुभएको प्रधानमन्त्री ओलीद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

यसैगरि तत्कालीन नेकपा (माले) लाई शान्तिपूर्ण आन्दोलनको अग्रणी शक्तिका रुपमा स्थापित गर्दै शक्ति सन्तुलनको आधारमा कम्युनिष्ट आन्दोलन र संयुक्त वाममोचाृ गठन गर्न पहल गर्नुभएको विषयलाई प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष ओलीले स्मरण गर्नुभएको छ । कमरेड पुष्पलालले सार्नुभएको तर उहाँको जीवनकालमा साकार हुन नपाएको संयुक्त जनआन्दोलनको कार्यदिशा मकरेड मदन भण्डारीको नेतृत्वकालमा सफल हुन सक्यो, – प्रधानमन्त्री ओलीले वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा एमले र नेकपा माओवादी केन्द्र बीचमा पार्टी एकीकरण गरेका थियौं । यो विभाजन कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक–आर्थिक रुपमान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने हाम्रो इमानदार प्रयास थियो, – प्रधानमन्त्री एवम नेकपा एमाले अध्यक्षले २८ औं मदन–आश्रित स्मृति दिवसको उपलक्ष्यमा जारी प्रेस वक्तव्यमा उल्लेख छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *