फर्स्ट माइक्रोफाइनान्सकाे वित्तीय विवरणः नाफा ३१ प्रतिशतले बढदा कति पुग्याे त जगेडाकाेष ?
Investopaper, श्रावण ०२, २०७६
सधै सवैभन्दा पहिले प्रगित रिपाेर्ट निकाल्ने फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षमा ३१ प्रतिशतले बढाएर १३ करोड ३२ लाख खुद मुनाफा आर्जन गरेको छ। आर्थिक बर्ष २०७४/७५ मा १० करोड १५ लाख खुद मुनाफा कमाएकाे थियाे ।
त्यसैगरी लघुवित्तले जगेडाकाेषमा १३५.६४ प्रतिशतले भारी वृद्धी गरेकाे विवरण पस्किएकाे छ । कम्पनीले जगेडाकाेषलाई बढाएर ९ करोड ८१ लाख बाट २३ करोड १४ लाख पुर्याएको छ ।
यस अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी १६ करोड ५८ लाखबाट बढेर २१ करोड २३ लाख गरेको छ। जुन २८ प्रतिशत बढाेत्तरी हाे । त्यस्तै संचालन मुनाफा २१ करोड १४ लाख पुगेको छ। लघुवित्तले सम्भावित जोखिमको लागि १ करोड ३८ लाख छुट्याएको छ।
लघुवित्तले बैंकबाट ५ अर्ब १४ करोड कर्जा सापटी लिएर आफ्ना लघुवित्तका सदस्यमा लगानी गरेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा लघुवित्तले ४ अर्ब ७५ करोड कर्जा सापटी लिएको थियो।
यस अवधिमा काेषमा लागत भने करिव ८ प्रतिशतले बढेर १० रूपैया ३१ पैसा पुगेकाे छ , जुत गत अवधिमा ९ रूपैंया ५५ पैसा थियाे ।
लघुवित्तका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेकाछनः
- यस अवधिमा लघुवित्तको चुक्ता पुंजी ६४ करोड ४३ लाख छ र कुनै वृद्धी भएकाे छैन ।
- यस अवधिमा भाखा नाघेकाे कर्जा 0 (शून्य) प्रतिशत छ,
- यस अवधिमा लघुवित्तको प्रति सेयर आम्दानी (ईपिएस) १९।४६,
- प्रति सेयर नेटवर्थ १३३.८१ रूपैंया,
- मूल्य आम्दानी अनुपात १९.२७ गुणा र
- सेयरकाे बजारमूल्य ३७५ रूपैया रहेकाे छ ।
