महामारीका कारण लागु औषध सेवन गर्नेको सङ्ख्या बढ्ने खतरा

इन्भेष्टोपेपर । असार १२, २०७७

भियना । कोभिड–१९ महामारीको कारण विश्वभर लागूऔषध सेवन गर्ने मानिसको जनसङ्ख्या बढेको संयुक्त राष्ट्र संघीय कार्यालयको एक रिपोर्टमा बताइएको छ ।

लागु औषध तथा अपराध नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (युएनओडीसी) का कार्यकारी निर्देशक गडा वालाईले भन्नुभयो, “कोभिड–१९ महामारीका कारण् हाम्रो स्वास्थ्य र सामाजिक प्रणालीहरू समस्यामा पुगेका छन् र हाम्रा समाजहरू यसको सामना गर्न संघर्ष गरिरहेका छन् । यस अवस्थामा आर्थिक मन्दीले लागु औषध दुब्र्यसनीको दरलाई अझ जटिल बनाउने खतरा रहेको छ ।”

युएनओडीसीद्वारा हालै जारी ‘वल्र्ड ड्रग रिपोर्ट’मा भनिएको छ, “सन् २०१९ मा करिब २६ करोड ९० लाख मानिसहरूले लागु औषध प्रयोग गर्ने गरेका भेटिएको छ, जुन सन् २००९ को भन्दा ३० प्रतिशत बढी हो । साथै लागु औषध सेवनका कारण तीन करोड ५० लाख भन्दा बढी मानिसको स्वास्थ्यमा समस्या हुने गरेको छ ।”

सन् २०१८ को रिपोट अनुसार संसारमा सबैभन्दा बढी प्रयोग भएको लागु औषध गाँजा हो । विश्वमा अनुमानित १९ करोड २० लाख व्यक्तिले गाँजाको सेवन गर्ने गर्दछन् । गाँजाको दुब्यशनीका कारण करिब ७१ प्रतिशत व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् । गाँजापछि धेरै प्रयोग हुने अफिम सबैभन्दा हानिकारक लागु औषधका रूपमा रहेको छ ।

सीमा नियन्त्रण र महामारीसँग सम्बन्धित अन्य प्रतिबन्धहरूले गर्दा सडकमा लागूपदार्थको अभाव भएको छ र मूल्य बढेको छ र शुद्धता घटेको रिपोर्टमा उल्लेख गरिएको छ । कोभिड–१९ को महामारीले लागु औषधहरूको बजारमा अभाव पनि देखिएको छ र यसको विकल्पमा ती पदार्थको सेवनकर्ताले सहजै पाइने रक्सी, बेन्जोडाइजेपाइन वा सिन्थेटिक औषधिहरू प्रयोग गर्नसक्ने बताइएको छ ।

महामारीको कारण हुने अवसरहरूले सबैभन्दा बढी गरिब जनसङ्ख्यालाई पार्ने र पैसा कमाउनको लागि उनीहरू लागूपदार्थको प्रयोग, लागुपदार्थको तस्करी र खेतीमा आकर्षण हुने बढी जोखिममा रहेको युएनओडीसीले जनाएको छ । (रासस/सिन्ह्वा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *