शेयर बजारमा भर्खर प्रवेश गर्नु भएको छ? लगानी गर्न सुरु कसरी गर्ने?

  • इन्भेष्टोपेपर

यो भन्दा अघिल्लो लेखमा हामीले शेयर बजार प्रवेश गर्न बैंक खाता, डिम्याट खाता, सिआस्वा, मेरोशेयर र ब्रोकर खाता जरुरी हुने कुरा बताएका थियौ। अब शेयर बजारमा लगानी गर्न सुरु चाहिँ कसरी गर्ने भनेर जान्न पनि आवश्यक छ। तपाईले दुख गरेर कमाएको सम्पति अनधाधुन लगानी गरेर गुमाउदा पक्कै पनि पिडादायी हुन्छ। त्यसैले सुझबुझ र समझदारीका साथ शेयर बजारमा लगानी गर्न जरुरी छन्। तलको प्रक्रिया अपनाएर शेयर बजारको बारेमा ज्ञान बटुल्दै लगानी गर्नु उचित हुन्छ।

१) बजारको बारेमा जान्नुहोस्।

सुरुमा तपाईले शेयर बजारको बारेमा जान्न अत्यन्त आवश्यक छ। पुँजी बजार व्यवस्थापन तथा सुपरिवेक्षण गर्ने निकाय सेबनको वेबसाइटमा गएर पनि तपाईले शेयर बजार सम्बन्धि ज्ञान हासिल गर्न सक्नुहुन्छ। नेपालको शेयरबजारमा कारोबार गर्न नेप्सेको वेबसाइटको बारेमा पनि जान्न जरुरी छ। नेप्सेको वेबसाइटमा भएका तथ्यांक र समाचारहरुको ग्यान कसरी उपभोग गर्ने भनेर पनि जान्न जरुरी छ। कसरी नेप्सेको वेबसाइटको ज्ञान लिने भनेर अर्को लेखमा जानकारी गराउने छौ। तपाईले आर्थिक वेबसाइटका समाचार र लेखको उपयोग गरेर पनि शेयर बजारको ज्ञान बढाउँदै लान सक्नुहुन्छ।

२) प्राथमिक शेयरमा लगानी गर्नुहोस्।

कम्पनीले सर्वसाधारणका लागी पहिलो पटक जारी गर्ने नयाँ शेयरलाई प्राथमिक शेयर भनिन्छ। यसको उध्देश्य तपाईलाई पुँजीमा हिस्सा दिएर पुँजी संकलन गर्नु हो। यसलाई आईपिओ भर्ने भनेर पनि तपाईले सुन्नु भएको होला। आईपिओको रुपमा जारी गरिने यो शेयरमा तपाईले प्रति कित्ता १०० रुपैयामा आवेदन दिन सक्नुहुन्छ। आईपिओबाट सुरु गर्न तपाईलाई धेरै रकम पनि जरुरी हुदैन। प्राथमिक शेयरमा लगानी गर्न घरबाटै पनि सम्भव भएको कुरा हामीले पहिले नै बताईसकेका छौ।

३) सानो बजेट दोस्रो बजारमा लगानी गर्न पनि छुट्याउनुहोस्।

शेयर बजारको उतार चढाव जान्नलाई दोस्रो बजारमा प्रवेश गर्न जरुरी छ। दोस्रो बजार भनेको तपाई हामी जस्तैले शेयर कारोबार गर्ने ठाउँ हो जहाँ तपाईले आफू सँग भएको शेयर बेच्न र नयाँ शेयर किन्न सक्नु हुन्छ। दोस्रो बजारबाट तपाईले पहिले नै शेयर निष्काशन गरेका कम्पनीहरुको शेयर किन्न सक्नुहुन्छ। प्राथमिक शेयर जस्तो यहाँ कम्पनी नभएर तपाईले मानिसले आफूसँग भएका शेयर किनबेच गर्न राखेको बजारबाट शेयर किन्नु हुन्छ। यसको लागी नेप्सेको वेबसाइट बुझ्न जरुरी छ। यसका लागी ब्रोकर खाता अनिवार्य छ किनभने किनबेच गर्न ब्रोकरकोमा गएर अर्डर दिनुपर्छ। सुरुमा सिमित पुँजी छुट्याएर शेयर किन्नु नयाँ लगानीकर्ताको लागी उपयुक्त हुन्छ। पढेर भन्दा परेर जानिन्छ भने जस्तै १० कित्ता शेयर किनेर पनि तपाईले दोस्रो बजारको अनुभव गर्न सक्नुहुन्छ।

४) शेयर बजारमा कारोबार गर्ने कम्पनीको बारेमा ज्ञान बटुल्दै जानुहोस्।

अन्तत शेयर बजारमा लगानी गरेर लाभ उठाउने मुख्य सुत्र भनेको बजारको ज्ञान र कम्पनीहरुको अध्ययन हो। अरुको लहैलहैमा आखा चिम्लेर लगानी गरेर लाभ उठाउने सोच राख्नु भयो भने तपाई शेयर बजारमा फस्न सक्नुहुन्छ। त्यसैले लगातार अध्ययन गरेर र राम्रा कम्पनी पहिचान गरेर आफ्नो परिश्रमको कमाइ लगानी गर्नु जरुरी छ। शेयर बजारका अनूभवीहरु सँगको परामर्श रअन्तरक्रियाले पनि तपाईलाई धेरै टेवा पुर्याउँछ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *