सगरमाथा इन्स्योरेन्सको प्रस्तावित लाभांश स्वीकृत, २८ गते साधारण सभा

इन्भेष्टाेपेपर ।  वैशाख ६, २०७९

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । लाभांश पारित गर्नका लागि कम्पनीले वैशाख २८ गते २५ औं वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएसँगै अगामी साधारण सभाबाट लाभांश पारित भएपछि मात्र शेयरधनीले पाउने छन् ।  

कम्पनीेले बुक क्लाेज मिति भने ताेकिसकेकाे छैन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *