नबिल बैंकद्वारा जलवायु परिवर्तन र स्वास्थ्य सम्वन्धि कार्यशाला आयोजना

इन्भेष्टाेपेपर ।  वैशाख ६, २०७९

काठमाण्डाैँ । नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा कार्यशाला आयोजना गरेको छ । अप्रील १५, २०२२ मा भिभान्ता होटल ललितपूरमा आयोजना गरिएको उक्त कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुतकर्ताको रुपमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

ला इस्ला नेटवर्क एउटा अनुसन्धान र परामर्ष संस्था हो जसले विश्वभर रहेका कामदार तथा तिनिहरुको समाजमा हुनसक्ने तापक्रम सम्बन्धी रोगहरु जस्तै परम्परागत वाहेकका पुराना मृगौला रोगहरुको रोकथाम गरी समाजबाट मृगौला रोग निर्मुल पार्न काम गरीरहेको छ । जलवायु परिवर्तनको समयमा यो संस्थाले कामदारको स्वास्थ्यलाई संबोधन गर्न प्रमाणमा आधारित समाधानहरूको बिकास तथा कार्यन्वयन गर्दै आइरहेको छ ।

प्रवासी कामदार र बिप्रेषण नेपाली अर्थव्यवस्थाको निकै महत्वपूर्ण भाग रहेको छ र यिनै बिषयलाई मध्यनजर राखी नबिल बैंकद्धारा संचालन गरिएको यो कार्यशाला नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो कार्यशाला हो । उक्त कार्यक्रमलाई नेपाली मुद्रा बिप्रेषक संघको सहयोगमा संचालन गरिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, बैदेशिक रोजगार विभाग, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय, प्रवासी नेपाली समन्वयन समिती तथा विदेशी कुटनितिक संघ संस्थाहरु लगायतका श्रम मामिलामा आवद्ध विभिन्न संघ संस्थाहरुका उच्च पदस्त अधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यशालाको समापनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव थानेश्वर भुसालले कामदारहरूको स्वास्थ्य सुधार गर्न कुनै अनुसन्धान गर्न चाहनुहुने संस्था तथा व्यक्तिलाई सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गुर्नभयो । उहाँले सबै सरोकारवालाहरूलाई संगै राखी यस्तो गम्भीर बिषयमा छलफल गर्ने वातावरण मिलाईदिनुभएकोमा नबिल बैंकलाई बिशेष धन्यवाद ज्ञापन गर्दै कार्यशालाको समापन गर्नुभएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *