सर्वोच्चको आदेशपछि गभर्नर अधिकारी आजदेखि काममा

इन्भेष्टाेपेपर ।  वैशाख ७, २०७९

काठमाण्डाैँ । सर्वोच्च अदालतको आदेशपछि गभर्नर महाप्रसाद अधिकारी आजदेखि काममा फर्कंदै हुनुहुन्छ । सर्वोच्चले हिजो गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न  अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

मन्त्रिपरिषद्ले गएको चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन गर्ने भन्दै निलम्बन गरेपछि उहाँले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सर्वोच्च अदालतले निर्णय तत्काल कार्यान्वयन नगर्नु भन्दै आउँदो १३ गते दुवै पक्षलाई बोलाएको छ ।

सर्वोच्च अदालतले राष्ट्र बैंकको स्वायत्तताको पक्षमा निर्णय दिएको भन्दै गभर्नर अधिकारीले आफू आजदेखि काममा फर्कने बताउनुभएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *