सनराइज बैंकले शेयरधनीलाई नगद लाभांश मात्र दिने

INVESTOPAPER, November 30, 2018

सनराइज बैंक (SRBL) ले गत आर्थिक वर्षको नाफा तथा सञ्चित जगेडा कोषबाट शेयरधनीलाई ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १३ गते सम्पन्न ३०३ औं बैठकले सो लाभांश प्रस्ताव गरेको हो ।

यसअनुसार बैंकले चुक्ता पूँजी आठ अर्ब १५ करोड २५ लाखको ११ं५ प्रतिशतले हुन आउने ९३ करोड ७५ लाख ४३ हजार लाभांश वितरण गर्नेछ । अघिल्लो आर्थिक वर्षको नाफाबाट बैंकले १५ प्रतिशत बोनस वितरण गरेको थियो ।

प्रस्तावित बैंकको लाभांश राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *