सेयर बजारमा महिला सहभागिता बढाउन धितोपत्र बोर्डलाई अर्थमन्त्रीकाे निर्देशन

Investopaper, जेष्ठ २६, २०७६

सेयर बजारमा महिला सहभागिता अभिवृद्धी गर्ने कार्यक्रम ल्याउनुपर्ने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । घरजग्गा रजिस्ट्रेसनमा कर छुट दिएकै कारण सम्पत्तिमा महिला स्वामित्व बढेको स्मरण गर्दै उनले भने, ‘सेयर बजारमा महिलाको सहभागिता बढाउनुपर्ने छ ।’ उनले सेयर बजारमा महिला सहभागिता बढाउने सम्बन्धमा धितोपत्र बोर्डलाई गृहकार्य गर्न निर्देशन दिए ।

नेपाल धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले यस्तो निर्देशन दिएका हुन । आवश्यक परे पुँजीगत लाभकर कम गर्न पनि सरकार तयार रहेको संकेत उनले दिए । ‘पुँजीगत लाभकर कम गर्ने पनि हुन सक्छ । यो वर्षमा मिलेन,’ उनले भने, ‘अब बिस्तारै जमिनको महत्त्व कम र वित्तीय उपकरणको महत्त्व बढी हुँदै जाँदाखेरि भोलिका दिनमा सेयर स्वामित्व बढाउन जरुरी छ ।’

अहिले प्राथमिक बजार (आईपीओ) १०/१० कित्ताका दरले सेयर बाँडफाँट भइरहेको स्मरण गर्दै उनले भने, ‘आईपीओ बाँडफाँटमा महिलालाई केही आरक्षण गर्न सकिन्छ । त्यो गर्दा म खुसी नै हुन्छु ।’

सेयर बजारमा दर्ता कुल लगानीकर्तामध्ये करिब ३९ प्रतिशत महिला रहेको सरकारी तथ्यांक छ । सेयर कारोबारका लागि महिलाद्वारा खोलिएका डिम्याट खाताको आधारमा महिला सहभागिताकाे अांकलन गििएकाे हाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *