स्नातक तहका लागिमात्र वैदेशिक अध्ययन अनुमतिपत्र

-रासस,   जेष्ठ ३१, शुक्रबार, २०७६                     

काठमाण्डौ – सरकारले अब स्नातक तह पढ्नका लागि मात्र वैदेशिक अध्ययन अनुमतिपत्र प्रदान गर्ने भएको छ । यसअघि माध्यामिक शिक्षा तहको अध्ययन गर्नका लागिसमेत अनुमतिपत्र प्रदान गर्दै आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले अबदेखि स्नातक तह पढ्नका लागिमात्र अनुमतिपत्र दिने भएको हो ।

शाखाका प्रमुख महेश्वर शर्माले नयाँ कानूनअनुसार उच्च शिक्षा भन्नाले स्नातक तहलाई जनाउने भएकाले स्नातक तह पढ्नका लागि मात्र प्रदान गर्ने जानकारी गराउनुभयो । ‘यसअघि उच्च शिक्षा भनेर दश जोड दुईलाई पनि जनाइन्थ्यो । त्यसैले हामीले दश जोड दुई पढ्नका लागि पनि हामीले अनुमतिपत्र दिन्थ्यो’, उहाँले भन्नुभयो, ‘अहिलेको कानूनअनुसार उच्च शिक्षा भन्नाले स्नातक तहभन्दा माथिलाई जनाउँछ । त्यसैले स्नातक तह पढ्नका लागिमात्र अध्ययन अनुमतिपत्र दिने भनेका हाैँ ।’

छात्रवृत्तिसम्बन्धी ऐन २०२१ संशोधनसहितको नियम २७ को (क) बमोजिम विदेशमा उच्च शिक्षा अध्ययन गर्न न्यूनतम दश जोड दुई वा सोसरह उत्तीर्ण गरी विदेश विश्वविद्यालय वा कलेजमा उच्च शिक्षा अध्ययन गर्न जान पाउने नयाँ व्यवस्था गरिएको छ ।

उहाँका अनुसार दश जोड दुई र अन्य भाषा सिक्नका लागि अनुमतिपत्र लिन विद्यार्थी कममात्र आउने गर्दछन् । दैनिक ४०० भन्दाबढीको सङ्ख्यामा वैदेशिक अध्ययनका लागि शाखामा विद्यार्थीले अनुमतिपत्रका लागि निवेदन दिने गरेका छन् । गत वर्ष ४९ हजार ५५६ जना विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमतिपत्र लिएका थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *