हकप्रद सेयरमा हकभन्दा धेरै आवेदन दिन पाइने, लक इन पिरियड बढाइदै …
Investopaper, असार ३१, २०७६
नेपाल धिताेपत्र बोर्डले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमअनुसार हकप्रद सेयर निष्काशनमा हाल लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गरी छिट्टै कार्यान्वयनमा ल्याउने उल्लेख गरेको छ ।
हालसम्म हकप्रद सेयर भर्दा बुकक्लाेज हुनुभन्दा अगाडी विद्दमान सेयर बरावर नै आवेदन दिन पाइने व्यवस्था थियाे । नयां व्यवस्था लागु भएपछि आगामी आर्थिक वर्षदेखि कायम रहेका सेयरधनीले हकप्रद सेयर आवेदन गर्दा आफ्नो अधिकारभन्दा धेरैको माग गर्दै आवेदन दिनसक्ने छन् ।
यसैगरि बोर्डले धितोपत्र निष्कासनमा बुक बिल्डिङ प्रणाली लागु गर्ने तथा जलविद्युत कम्पनीहरुका संस्थापकहरुको ‘लक इन पिरियड’ बढाउने भएको छ। हाल जलविद्युत कम्पनीहरूकाे संस्थापक सेयरधनीहरूले ३ वर्षपछि बिक्रि गर्न पाउने नियम छ ।
संस्थापकहरूले निर्माणकाे चरणमा ठेक्कापट्टामा कमिसन लगायत बिबिध लाभ लिने र ३ वर्षपछि सेयर बेचेर बाहिरिने परिपाटीलाइ निरूत्साहित गर्न लक इन पिरियडले केही हदसम्म नियन्त्रण गर्ने वाेर्डले विश्वास लिएकाे छ ।
हाल कायम रहेको शेयर कारोबार राफसाफ चक्रलाई बोर्डले छोट्याउने भएको छ। ‘टि पल्स थ्रि’को कारोबार समयको अवधीलाई क्षमताको आधारमा घटाउँदै लैजाने योजना बोर्डको छ। वैंकहरूसंग अनलाइन काराेवारलाइ विस्तार गर्दै भुक्तानिकाे समयावधि परिमार्जन गर्न सकिने जनाइएकाेछ ।
