हिमालयन बैंककाे ३ अर्बको ऋणपत्र साउन २ गतेदेखि बिक्रीमा

Investopaper, असार २४, २०७६

हिमालयन बैंकले २ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ।

सवै बैंकहरुले ऋणपत्र जारी गरेकाले बिक्रीमा अत्यधिक चाप परेकाे अवस्थामा हिमालयन बैंकले पनि १ हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ता ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ जारी गर्न लागेको हो। सात वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक दश प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ।

के के छन त ऋण-पत्रका फिचरहरूः

  • प्रति कित्ता एक हजार रूपैया पर्ने,
  • ३० लाख कित्ता अर्थात ३ अर्व रूपैयां बरावरकाे,
  • व्याजदरः वार्षिक १० प्रतिशत,
  • व्याजभुक्तानी किसिमः अर्धवार्षिक,
  • अवधिः सात वर्ष

बैंकले कूल निष्काशनमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको ब्यक्तिगत तवरबाट विभिन्न संघ संस्था तथा संस्थापक शेयरधनीहरुलाई बिक्री गरिनेछ ।

सर्वसाधारणको लागि छुट्याइएको बाँकी ४० प्रतिशत अर्थात १ लाख २० हजार कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ भने बाँकी ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन्।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट छिटोमा साउन ६ गतेसम्म आवेदन गर्न पाउनेछन् । सो अवधिमा सबै ऋणपत्र खरीदका लागि आवेदन नपरेमा साउन ३१ गतेसम्म आवेदन गर्न पाउने ब्यवस्था रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *