१५ हजार घुस सहित प्रहरी जवान पक्राउ
Investopaper,पौष २, २०७६
देशमा व्याप्त भ्रष्टाचार, कालोबजारीले आजित आमसर्वसाधारण भैरहेको अवस्थामा फेरि पनि एउटा यस्तै घटना घटेको छ। बारामा सेवाग्राहीसँग घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भन्दै यादवले घुस मागी रहेको भन्ने सूचनाको आधारमा हेटौँडाबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कलैया उपमहानगरपालिका-३ बाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोज कुमार यादव रहेको र उनले १५ हजार रुपैयाँ घुस मागिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको प्रदिप कुमार कोइरालाले जानकारी दिएका छन्। यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको कोइरालाले जानकारी दिए।
