प्राइम बैंकको नाफा झण्डै ६६ करोड, कर्जा लगानी र व्याज आम्दानीमा सुधार

Investopaper, कार्तिक २६, २०७६ 

प्राइम बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासको गत आर्थिक बर्षको यसै अवधिको भन्दा १३.३८ प्रतिशतले नाफा बढाएको छ। बैंकले यस अवधिमा ६५ करोड ९७ लाख नाफा गरेको छ ।

गत बर्षको यसै अवधिमा बैंकले ५८ करोड १९ लाख नाफा कमाएको थियो । बैंकको तीन महिना अवधिको वितरणयोग्य मुनाफा २२ करोड ८८ लाख छ ।

समिक्षा अवधिमा बैंकले ७८ अर्ब५९ करोड रुपैयाँ निक्षेप संकलन गरि ७९ अर्ब १३ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको निक्षेप २.०२ प्रतिशतले बढाेततरी हुँदा कर्जा ९.१३ प्रतिशतले बढेको छ । कर्जा लगानी बढेकाले एक अरव भन्दा बढी रकम खुद ब्याज आम्दानी आर्जन गरेको छ। खुद ब्याज आम्दानी करिब ९.३० प्रतिशत धरै हो ।

प्राइम बैंकका प्रमुख बित्तीय सूचकांकहरूः

  • बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँ छ ।
  • बैंकको प्रति शेयर आम्दानी २७ रुपैयाँ २४ पैसा छ ।
  • खराव कर्जा केहि प्रतिशत विन्दुले घटेर १.१४ प्रतिशतमा झरेको छ।
  • बैंककोे मूल्य आम्दानी अनुपात ९.६२ गुणा,
  • प्रतिशेयर नेटवर्थ एक सय ५३ रुपैयाँ ०८ पैसा रहेकाे छ ।
  • आधार ब्याजदर ९.६७ प्रतिशत छ।
  • कोषको लागत ७.६७ प्रतिशत कायम भएकाे छ ।
  • पुँजी पर्याप्तता अनुपात १२.७५ प्रतिशत छ र
  • सीसीडि ७७.८६ प्रतिशत रहेको छ ।

प्राइम बैंकले बैंकले कैलाश विकास बैंकलाइै एक्वायर गर्ने क्रममा रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *