सांसद डा.शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग

न्भेष्टाेपेपर । वैशाख ६, २०८१

काठमाडौँ ।  प्रतिनिधि सभा सदस्य तथा व्यवसायी डा.सुनिल शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गर्नुभएको छ । 

शर्माले आज हेपाली हाइटमा रहेको डा.भगवान् कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो सहयोग गर्नुभएको हो । रकम हस्तान्तरण गर्दै डा.शर्माले राज्यले गर्नुपर्ने काम डा.कोइरालाले आफैँ गर्न लाग्नुभएको देखेर कोइरालाको सम्मानस्वरुप आफूले सो सहयोग उपलब्ध गराएको बताउनुभयो । 

डा.कोइराला अध्यक्ष रहेको (कियोच)ले काठमाडौँसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ । गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ ।

कियोचले राजधानी काठमाडौँमा एक सय शय्याको अस्पताल निर्माण गर्नेछ । त्यसपछि सात वटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा.कोइरालाले जानकारी दिनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *