नेपालमा आज बिहानसम्म २९१ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

इन्भेष्टोपेपर । जेष्ठ ०४ २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान ७ः१५ बजे अध्यावधिक गरेको पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जानमा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २९१ पुगेको छ ।

पछिल्लो संक्रमण पुष्टि भएकामा रौतहट जिल्ला राजपुत नपा फराहदवा ९ निवासी १८,३२,३६,३९,३९,४२, ४८ पुरुषहरु तथा रौतहट इशनाथ नपा ३ र ५ वडा निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेको जनाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीक्षणमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । साथै उहाँहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ । 

नेपालमा अहिलेसम्म ३६ जना निको भएर घर फर्किएकाछन भने एक जनाको कोरोनाका कारण ज्यान गएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चाेककि २९ वर्षिय महिला भएकाे र हिजाे साँझ पूर्ण सुरक्षाकासाथ पशुपति आर्यघाटमा रहेकाे शवदाह गृहमा सदगद गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *