नेपालमा पुनः ३ जना संक्रमित थपिएसंगै कुल संक्रमित २७६ पुगे
इन्भेष्टोपेपर । जेष्ठ ०३ २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या पुनः ३ जना थप भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितहरुको संख्या २७६ पुगेको छ ।
प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षण अनुसार नयाँ ३ जना संक्रमित थप भएका हुन् । उनीहरु सबैजना कपिलवस्तु जिल्लाका हुन् । मन्त्रालयका अनुसार सबैजना पुरुष हुन्। ।
आज मात्रै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका थिए ।

