धर्मशास्त्र अनुसार महिलामा हुनुपर्ने ३२ लक्षणहरू के के हुन त ?

इन्भेष्टोपेपर । भाद्र २६, २०७७

हिन्दु धार्मिक परम्परा अनुसार विवाहका बेला बर-बधुको चिना मिलाउँदा महिलामा हुने लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी ३२ गुण भएकी युवती सर्वश्रेष्ठ मानिन्छन् ।

धर्मशास्त्रमा ‘३२ गुणले सम्पन्न’ नारीका बारे उल्लेख गरिएको हुन्छ । महिलनामा हुनु पर्ने ३२ लक्षणहरु यी हुन् –

१) चमक्क चम्किने केश हुनु ।

२) हातका औँला लामा–लामा हुनु ।

३) दुढ आत्मविश्वास हुनु ।

४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।

५) शरीरमा विभिन्न सात सुगन्ध हुनु ।

६) हरिणका जस्ता फिला हुनु ।

७) गुप्ताङगहरु गुप्त रहनु ।

८) शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।

९) शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।

१०) काँध पुष्ट, चौडा र गोलो हुनु ।

११) पाखुरा राम्ररी फर्कने हुनु ।

१२) पाखुरा लामा हुनु ।

१३) सम्पुर्ण शरीर तेजोमय हुनु ।

१४) शंख समान घाँटी हुनु ।

१५) अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।

१६) ३२ वटा दाँत हुनु ।

१७) चम्किला र टमक्क जोडिएका दाँत हुनु ।

१८) समान मिलेका दाँत हुनु ।

१९) बंगारा स्वच्छ र सुन्दर हुनु ।

२०) जिब्रो लामो हुनु ।

२१) विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।

२२) पातलो (सुरिलो) स्वर हुनु ।

२३) बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु ।

२४) कुरा (बाचा)मा अडिक रहनु ।

२५) आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु ।

२६) मिलेको कपाल हुनु ।

२७) अल्छी नहुनु ।

२८) सोझो र सिंहको जस्तो चिउँडो हुनु ।

२९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।

३०) पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ।

३१) स्वभाव लज्जालु हुनु ।

३२) औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *