नबिल बैंकको ३४अाै साधारणसभा सम्पन्न : कुन कुन प्रस्ताव पारित भए त ?
Investopaper, फाल्गुन २७, २०७५
नबिल बैंक लिमिटेडको अाज फागुन २७ गते ३४ औं वार्षिक साधारण सम्पन्न भएकाे छ । उक्त सभाले ३४ प्रतिशत लाभांश पारित गर्नुका साथै बैंकले दश प्रतिशत संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।
बैंकले एनआईडिसी डेभलपमेन्ट बैंकले यसअघि बिक्री गरेको १० प्रतिशत (८० लाख ३७ हजार २९ कित्ता) शेयर संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने भएको हो ।
सभाले बैंक सञ्चालक समितिले गतबर्षको मुनाफाबाट प्रस्ताव गरेको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गरेको हो। उक्त लाभांश फागुन १३ गतेसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन् ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ छ । १२ बोनसपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८४ लाख ७ हजार ५२० रुपैयाँ पुग्नेछ । चालु आवको दोस्रो त्रैमासमा वैंकले २ अर्ब १७ करोड ६८ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमार्इ प्रतिशेयर आम्दानी ५४ रुपैयाँ २८ पैसा कायम गरेको छ।
