ग्लोबल आइएमई बैंकको ३५१औँ शाखा बैतडीको पाटनमा

न्भेष्टाेपेपर । मंसिर ११, २०८०

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा मिति २०८० मंसिर १० गते आइतबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच बैंकको पाटन शाखाको समुद्घाटन गर्नुभयो । नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *