शिखर इन्सुरेन्सकाे साधारण सभा श्रावण २८ गतेः के के छन त प्रस्तावहरू
Investopaper, श्रावण ०८, २०७६
शिखर इन्सुरेन्स कम्पनी लिमिटेडकाे १४ औ वार्षिक साधारण सभा यही श्रावण २८ गते मंगलवारका दिन गर्ने निर्णय गरेकाे छ । कम्पनीकाे २०७६/०४/०७ गते मंगलवार बसेकाे संचालक समितिकाे २०८ औ बैठकले उक्त निर्णय गरेकाे हाे ।
कम्पनीकाे साधारण सभा शिखर इन्सुरेन्सकै केन्द्रिय कार्यालय शिखर बीज सेन्टर, थापाथलीमा विहानकाे ११ बजेदेखि शुरू हुने जनाइएकाे छ ।
यस पटक कुने बाेनस र नगद लाभांशकाे प्रस्ताव नगरेकाे कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजादै छ । जाेखिम बहन गर्ने क्षमता अभिवृद्धी गर्नकाे लागि चुक्ता पूंजी बढाउन लागिएकाे कम्पनीले जनाएकाे छ ।
कुल १ अरव ५ कराेड ७३ लाख ११ हजार चुक्ता पूंजी रहेकाे कम्पनीकाे ३० प्रतिशत हकप्रद जारी गरे पश्च्यात १ अरव ३७ कराेड ४५ लाख ४ हजार ३ सय पुग्नेछ । अन्य प्रस्तावहरूमा अध्यक्षकाे प्रतिवेदन पास गर्नुका साथै लेखा परीक्षक नियुक्ति गर्ने, संचालक समितकाे सदस्य संख्या ७ जना कायम गर्ने आदी रहेका छन ।
