अब्बल मानिएकाे एभरेष्ट वैंकको कस्ताे छ प्रगति ? कति प्रतिशत लाभांश दिन सक्ला ?

Investopaper, श्रावण १६, २०७६ 

एभरेष्ट बैंकले बिहीबार गत आर्थिक वर्षमा १८ं.२२ प्रतिशतले खुद नाफा वृद्धीगर्दै ३ अर्ब ४ करोड रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५८ करोड खुद नाफा आर्जन गरेको थियो।

गत आर्थिक वर्षमा २ अर्ब १८ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको बैंकले मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २७ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राख्दछ ।

गत आवको चौथो त्रैमाससम्म १ खर्ब २९ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब कर्जा लगानी गरेको बैंकले ५ अर्ब ६३ करोड खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १२ र कर्जा १६ प्रतिशत बढीले बढाएको बैंकको खुद ब्याज आम्दानी करिब १६ प्रतिशतले बढोत्तरी भएको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी करिब १८ प्रतिशतले बढेर अर्थात ६ रुपैयाँ बढेर ३७ रुपैयाँ ५७ पैसा पुगेको छ । जगेडा काेष पनि १७.३५ प्रतिशतले बढाइ ७ अरव १० कराेड पुर्याएकाे छ । धेरैजसाे सूचकांकहरू १५ देखि २० प्रतिशतकाे हाराहारीमा बढेकाे विवरण प्रस्तुत गरेकाे छ ।

एभरेष्ट वैंकका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः

  • वैंकको चुक्ता पूंजी ८ अरव ११ कराेड छ र यस अवधिमा पूंजी वृद्धी भएकाे छैन ।
  • यस अवधिमा भाखा नाघेकाे कर्जा 0.१६ प्रतिशत छ,
  • यस अवधिमा वैंकको प्रति सेयर आम्दानी (ईपिएस) ३७ रूपैया ५७ पैसा,
  • प्रति सेयर नेटवर्थ २१७.५२ रूपैंया,
  • आधार ब्याजदर ८.१२ प्रतिशत ,
  • कोषको लागत ६.२१ प्रतिशत
  • पूंजी काेष अनुपात १३.७५ प्रतिशत,
  • सीसीडि ७५.०७ प्रतिशत र
  • मूल्य आम्दानी अनुपात १७.६५ गुणा रहेकाे छ ।


Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *