सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

इन्भेष्टाेपेपर ।  भाद्र २, २०७९

काठमाण्डाैँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे बालुवाटारमा बस्ने तयारी छ ।

आजको बैठक राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव तथा सिट बाँडफाँटलगायत विषयमा केन्द्रित हुनेछ । साथै सिट बाँडफाँट कार्यदलमा भएको छलफलको प्रगति विवरण पनि आजको बैठकमा पेस गर्ने तयारी छ । तर कार्यदलले सिट बाँडफाँटको आधार र सङ्ख्यामा ठोस प्रगति गर्न सकेको छैन ।

सिट बाँडफाँटको आधार र सङ्ख्याको प्रारम्भिक खाका बनाउने जिम्मा पाएका कार्यदल संयोजक कृष्णप्रसाद सिटौलले हिजोको बैठकमा प्रस्ताव पेस नगरेपछि गठबन्धनका शीर्ष नेताको बैठक बोलाइएको हो । साउन मसान्तभित्र प्रारम्भिक प्रस्ताव बनाउने जिम्मा पाएको कार्यदल निष्कर्षविहीन अवस्थामा छ ।

गएको साउन २० गते सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गर्ने निर्णयसहित कांग्रेसबाट तीन र अन्य दलबाट दुई–दुई जना रहने गरी ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *