सुनचाँदीको मूल्यमा सामान्य गिरावट

इन्भेष्टाेपेपर ।  फागुन २९, २०८२

काठमाडौँ ।  बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य २ हजार ८ सय रुपैयाँले र चाँदीको मोल २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख १४ हजार २ सय कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार ४ सय ९५ निर्धारण भएको छ । 

हिजो बिहीबार एक तोला सुन ३ लाख १७ हजार र त्यति नै परिमाणको चाँदी ५ हजार ५ सय १५ मा कारोबार भएको थियो । गत बुधबार ३ लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार ७ सय २० निर्धारण भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *