स्वावलम्बन लघुवित्तकाे १८औं बार्षिक साधारण सभा पाैष २० गते

मंसिर १८, २०७६

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १८ औं वार्षिक साधारण सभा पाैष २० गते बोलाएको छ ।

लघुवित्तकाे साधारण सभा एलिस रिसेप्सन, गैह्रीधारा, काठमाडौंमा विहान ११ बजे देखि शुरू हुने जनाइएकाे छ । सभाले प्रस्तावित लाभांश पारित गर्नुका साथै गत वर्षको वार्षिक प्रतिवेदन लगाएत विविध प्रस्ताव पारित गर्नेछ । 

यस कम्पनीले गत बर्षकाे कमाइबाट शेयरधनीहरूलाइ २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।  कम्पनीको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भैसकेकाे छ भने साधारण सभाले पारित गरेपछि शेयरधनीहरूले पाउने छन् ।

हाल कम्पनीको चुक्तापूँजी रू.६२ करोड ८८ लाख ८८ हजार रहेको छ । २६ प्रतिशत बोनस शेयर पश्चात यो पूँजी रू.७९ करोड २३ लाख ९९ हजार पुग्नेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *