अमेरिकी प्रयोगकर्ताको डेटा चीन पठाएकाे आराेपमा टिकटक माथि मुद्दा

मंसिर १८, २०७६

वाशिङ्टन डीसी (अमेरिका) । चिनियाँ भिडियो शेयरिङ एप टिकटकले अमेरिकी प्रयोगकर्ताका डेटा चीन पठाएको आरोप लागेको छ । 

कम्पनीले प्रयोगकर्ताको डेटा उच्च मात्रामा चीन स्थानान्तरण गरेको भन्दै टिकटकमाथि अमेरिकामा सामूहिक मुद्दा दर्ता भएको छ । कम्पनीले प्रयोगकर्ताको स्वीकृति बिना नै जानकारीहरु चोरेको आरोप मुद्दामा लगाइएको छ । 

‘टिकटकले गोप्य रुपमा भारी परिमाणमा निजी र व्यक्तिको पहिचान खुल्ने खालका प्रयोगकर्ता डेटा थेपारेर चीन पठाएको छ,’ गत हप्ता क्यालिफोर्निया अदालतमा दायर भएको मुद्दामा भनिएको छ । 

डेटाले प्रयोगकर्ताको पहिचान, प्रोफाइल खुल्न सक्ने र यसले अमेरिकी प्रयोगकर्तालाई अहिले र भाविष्यमा समेत पछयाउने समेत सक्ने आरोप मुद्दामा लगाइएको छ । 

डेटा चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट र अनलाइन कम्पनी अलिबाबा समर्थित दुई सर्भरमा पठाइएको बताइएको छ । टिकटकलेगोप्य रुपमा निजी डेटा संकलन गरेर उपभोक्ता लक्षित

विज्ञापनमा प्रयोग गरी निकै धेरै आम्दानी र मुनाफा कमाएको आरोप समेत मुद्दामा छ । यस विषयमा कम्पनीले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । 

अमेरिकामा टिकटक निकै लोकप्रिय छ । यो चिनियाँ इन्टरनेट प्रविधि कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप हो । विश्वभर टिकटकमा ५० करोड भन्दा धेरै सक्रिय प्रयोगकर्ता रहेको बताइएको छ । 

अमेरिकी प्रयोगकर्ताको डेटा भने चिनियाँ सर्भरमा स्टोर नगरिएको यस अघि नै कम्पनीले बताएको थियो । डेटा संकलन र सेन्सरसिप सम्बन्धी विषयमा कम्पीनले पछिल्लो समय उत्तर अमेरिका निकै दबाबको सामना गरिरहेको छ । 

एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *