महालक्ष्मी विकास बैंकका ग्राहक र कर्मचारीलाई चिरायु हस्पिटलमा २० प्रतिशतसम्म छुट

माघ १०, २०७६ | Investopaper

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट प्रालिसँग एक सम्झौता गरेको छ।

सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एन. आर. वैद्यले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन्। 

सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/सेयरधनीहरु, कर्मचारी साथै कर्मचारीका परिवारले बेड चार्जमा अधिकतम २० प्रतिशत, उपचार प्रकृयामा अधिकतम १५ प्रतिशत, रोगको निदानमा अधिकतम १२ प्रतिशत तथा औषधीमा ५ प्रतिशत छुट पाउने छन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *