कविताः कथा शुभकामनाको

— कल्पना आचार्य

कर्जा लिन आउने भन्थे डाँडा घरे काईला,
कर्जा बाटै टेक्दैछन् रे प्रगतिको पाईला ।
साहुको कथा आफ्नो ब्यथा पोखे हामी संग,
कृषि बैंकमा ॠण पाएर भाका रैछन् दङ्ग  ।।

कैले सम्झि दुखी भए कैले खुसी भए ,
दुख, सुख जे जे थिए सुनाउदै गए ।
शैक्षिक कर्जा पाएपछि छोरो जापान गयो,
मिहिनेतले राम्रो पढ्यो ईन्जिनियर भयो ।।

स्वदेशमा फर्किएर राष्ट्र सेबक बन्यो,
बुवा अब दुख गए काम छोड्नुहोस भन्यो ।
तर मलाई कृषि बैंकले सिकाएको ईलम,
छोड्ने छैन यही हो जागिर ,यहि कपी, कलम ।।

यसैबाट मिलेको छ मुरी,पाथी, माना,
बालबच्चाको पढाईलेखाई, आफु बस्ने छाना ।
घरमै बसी बुझाउदछु शुल्क टेलिफोनको,
आत्मा गौरव मिलेकोछ मलाई आफ्नै पनको  ।।

अन्त्य तिर औला भाचि के के गने गने,
माघ सात गते बैंक दिवस हैन नानी? भने ।
मैले टाउको हल्लाईदिएँ उनले बुझे मनमा ,
अनि भने कृषि बैंक लाई लाखौं शुभकामना !!
                                  लाखौं शुभकामना !!

ईटहरी ०५ हाल — नख्खु ,ललितपुर

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *