नबिल र म्याक्स हेल्थकेयर इण्डिया बीच सम्झौता, १२ प्रतिशत छुट पाउने
इन्भेष्टाेपेपर । असाैज १२, २०७९
काठमाडौं । नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच सम्झौता भएको छ । नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने गरी सम्झौता भएको हो । नबिलका ग्राहकहरुले OPD र IPD सेवा लिंदा यो सुविधा पाउने भएको हो ।
नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरको तर्फबाट अनस अब्दुल वाजिद, वरिष्ठ निर्देशक–मुख्य बिक्री र मार्केटिंग अधिकृतले संयुक्त रुपमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै बैंकका ग्राहकहरु तथा कर्मचारीहरुलाई अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा छुट पाउने भएकोे हो ।
कार्यक्रममा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले यो सम्झौताले नबिल बैंकका ग्राहकहरू लाभान्वित हुने बताए । त्यस्तै गरि छुटलाई वृद्धि गर्न प्रयास गर्ने जानकारी दिए ।
कार्यक्रममा बोल्दै वाजिदले म्याक्स हेल्थ केयरको भारतमा रहेको १७ वटा सेवाप्रदायक शाखाहरुबाट जटिल रोगहरु जस्तै मृगौला, लिभर, दयलभ mबचचयध को प्रत्यारोपन, मुटुको शल्यकृया सफलतापूर्वक गरेको बताउँदै नेपाली जनताहरुले पाउने सेवामा ढुक्क हुन आग्रह गरे । अस्पतालको सेवा लिन कुनै पनि झन्झट नहुने बताउँदै बिरामीहरुलाई गुणस्तरीय सेवा प्र्रदान गर्नेमा उनले सँधै तत्पर रहने जनाए ।
