विश्व वित्तीय सप्ताह-२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन

न्भेष्टाेपेपर । चैत्र ९, २०८०

काठमाण्डाैँ । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ०८ गते वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत ललितपुर स्थित सानेपामा रहेका स्टार हस्पिटलका चिकित्सकहरु बीच कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष किशोर मर्हजन, प्रमुख संचालक अधिकृत सन्देश जिसि लगायत कार्यसमितिका सदस्यहरुसमेत गरी करीब २२ जना चिकित्सकहरु सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम प्रविधिक विशेषज्ञका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले संचालन गर्नु भएको थियो । उक्त वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत चिकित्सा पेशामा व्यस्त रहेका चिकित्सकहरुले समेत निष्क्रिय रुपमा शेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने उद्धेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *