मेगा बैंकका कर्मचारीलाई कृषि वित्त तालिम
इन्भेष्टोपेपर । श्रावण २८, २०७८
काठमाण्डाैं । डेभ्लपमेन्ट एलाएन्स नेपालले हालै मेगा बैंककका कर्मचारीहरुलाई भर्चुअल माध्यमबाट एक दिने कृषि वित्त वित्त तालिम प्रदान गरेको छ । मेघा बैंकको केद्रिय र प्रदेश कार्यालय लगायत देशका विभिन्न शाखाका १४४ कर्मचारी सहभागिता रहेको थियाे ।
उक्त तालिममा पशुपंन्छी क्षेत्रलाई लक्षित गरी एलायन्सका विभिन्न विषय विशेषज्ञहरुले कुखुरा, मत्स्य, गाई र बाख्रापालन विषयमा प्रशिक्षण दिएका थिए । तलिममा लागत अनुमान, स्थिर तथा चालु पूजी आँकलन, जोखिम विश्लेषण एवं गुणस्तरीय कर्जा लगानीमा ध्यान दिनु पर्ने पक्षहरु समेटिएका थिए ।
तलिमको अन्त्यमा प्रशिक्षार्थिहरुले हालसम्म सतही ज्ञानको आधारमा कर्जा विश्लेषण गर्ने गरिएकोमा तालिमबाट सिकिएको सीपले वस्तुपरक तवरले कर्जा प्रवाह गर्न सघाउ पुग्ने र कृषि कर्जाको क्षेत्रमा अझै पनि विभिन्न नीतिगत समस्याहरु रहेका कारण कार्यान्वयनमा कठिनाइ भोग्नु परेकाले सोको निराकरण हूनु पर्ने मन्तब्य प्रकट गरेका थिए । कार्यक्रममा बैंकका प्रदेश नम्बर १ का प्रमुख बिबेक बन्धु न्यौपानेले तालिममा प्रस्तुत गरिएका विषयवस्तुहरु सान्दर्भिक र सिकाई प्रभावकारी रहेको मन्तब्य राख्नु भएको थियो ।
यसै गरी बैंकका लघु तथा कृषि कर्जा प्रमुख पुन्य प्रसाद खनियाले तालिम अत्यन्तै अन्तरक्रीयात्मक र बैंकको अपेक्षा अनुरुप सफल रहेकोले यसबाट केन्द्र देखि शाखास्तर सम्म कृषि कर्जाका कार्यक्रमहरु प्रभावकारी तवरले कार्यान्वयनमा सघाउ पुग्ने मन्तब्य राख्दै प्रशिक्षकहरुलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।
उक्त तालिम कार्यक्रमको समापनमा एलायन्सका अध्यक्ष तोयानाथ पाण्डेयले प्रशिक्षार्थीहरुको सक्रिय सहभागिताले तालिम संचालनमा थप उर्जा मिलेको र आगामी दिनमा कृषि कर्जाको क्षेत्रमा मेघा बैंकसंग सहकार्य गरि अगडि बढ्न तयार रहेको बताउनु भयो । पाण्डेयले कृषि कर्जाको प्रभावकारी विश्लेषणको लागि व्यवसायिक रुपले प्रचलनमा रहेका बाली तथा पशपन्छीहरुको लागत मानदण्ड तयार गर्न सके यसबाट कृषि कर्जा लगानीमा सहजता र एकरुपता ल्याउन सहयोग पुग्ने र यसका लागि बैंक वित्तीय संस्था एवं सरोकारवाला निकायहरुसंग सहकार्य गर्न एलाएन्स तप्तर रहेको बताउनु भयो ।
डेभ्लपमेन्ट एलायन्स नेपाल प्रा.लि. कृषि विकास बैंकबाट अवकास प्राप्त कृषि कर्जाको क्षेत्रमा लामो अनुभव प्राप्त विज्ञ समूहद्धारा प्रवद्धित संस्था रहेको र यसले कृषि वित्त क्षेत्रमा सघाउ पु¥याउन हालसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाका ३५० भन्दा बढी कर्मचारीहरुलाई कृषि वित्त तालिम प्रदान गरेको जनाकारी एलायन्सका कृषि वित्त विज्ञ एवं तालिम संयोजक बिजयराज पोखरेलले गराउनु भयो ।
