ज्योति क्यापिटलको संचालकमा अविनास उप्रेती नियुक्त

न्भेष्टाेपेपर । जेठ ३१, २०८०

काठमाण्डाैँ । ज्योति क्यापिटल लिमिटेडकाअध्यक्ष कपिल ढकालको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिको ३०औ बैठकले कम्पनीको रिक्त रहेको सञ्चालक पदमा अविनास उप्रेतीलाई नियुक्त गरेको छ ।

उहाँ ज्योति विकास बैंक बाहेकका अन्य संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नियुक्त हुनुभएको हो । स्नातकोत्तर तह (एमविए) को शैक्षिक योग्यता भई कर्जा विश्लेषकको अनुभवी अविनास उप्रेती २९ देखि लागु हुनेगरी ज्योति क्यापिटलको सञ्चालकमा चयन हुनुभएको हो ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्श लगायतका सेवा प्रदान गर्ने गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *