भगवान भण्डारीको ‘मैले हारे अर्केले जित्यो..’ बोलको गित सार्वजनिक
इन्भेष्टाेपेपर । भाद्र २८, २०७९
काठानण्डाैँ । कुनै समय नेपाली लोक संगित बजारमा आफ्नो बर्चस्व जमाएका चर्चित गायक भगवान भण्डारीले ‘मैले हारे अर्केले जित्यो..’ बोलको गित सार्वजनिक गरेका छन्।
यो गितमा शब्द, संगीत र लय भगवान भण्डारीको रहेको छ भने जुजु गुरुङ म्युजिक एरेन्जीङ्ग, खडक वाजुराली ध्वनी मिश्रण, र गोविन्द पराजुली रेकडिष्ट रहेका छन्। यस्तै गितको निर्माता सुशिल पंगेनी र निर्देशन शंकर विशिले गरेका छन् । गाएक भण्डारी र निर्माता पंगेनी हाल अमेरीकामा बस्छन्। जहाँ भएपनि नेपाली पन र नेपाली मनसँगै हुने हुनाले नेपाली गीत संगीतमै रमाइरहेको पंगेनीले बताउछन्।
उनिहरु बाध्यताबस अहिले बिदेशमा रहेपनि अव छिट्टै नेपालमै बसेर गीत संगीत संरक्षणमा रहने र गित संगितलाई निरन्तरता दिने बताएका छन्। यो गितमा मायाप्रेमको गाथा बुनिएको छ। आफुँले हदभन्दा बढी माया र बिश्वास गर्ने मान्छे नै टाढा भएपछि आफुले हारेको र अर्कैले जितेको महसुस गितमा समावेश छ।
भगवान भण्डारीको अफिसियल युट्युव च्यानलमार्फत बजारमा आएको यो गित दर्शकश्रोताको रोजाइमा परेको छ। आम गितसँगितका पारखिहरुबिचमा यो गितले न्याय पाउने र बिगतमा सार्वजनिक गितहरु जस्तै यो गित पनि सबैको मनमुटुमा बसेर सफ बन्ने बिश्वाससमेत गरीएको छ ।
