भानु कप फुटबल प्रतियोगिताको उपाधि तनहुँ–११ लाई

इन्भेष्टाेपेपर ।  असार ३०, २०७९

दमौली । दुई सय नवौँ भानु जयन्तीको अवसरमा आयोजित भानु कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि तनहुँ–११ ले जितेको छ । भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका–१ मा सम्पन्न फाइनल खेलमा सिद्धगुफा युवा क्लबलाई पराजित गर्दै तनहुँ–११ ले १५औँ भानु कपको उपाधि चुमेको हो । 

सिद्धगुफा युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै तनहुँ–११ ले उपाधिसँगै रु दुई लाख, ट्रफी र मेडल प्राप्त ग¥यो । उपविजेता सिद्धगुफाले रु एक लाख, ट्रफी र मेडल पायो । फाइनल खेल हेर्न झण्डै पाँच हजार  दर्शक आएका आयोजक क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ३० समूह सहभागी थिए ।  

फाइनल खेलको म्यान अफ दि म्याच सिद्धगुफाका सन्दीप थापा घोषित भए । प्रतियोगिताको सर्वाधिक गोलकर्ता तनहुँ–११ का दिपेश आले रहे । उनले प्रतियोगिताभर नौ गोल गरे । उत्कृष्ट गोलरक्षकको उपाधि तनहुँ–११ का प्रदीप भण्डारीले जिते भने अनुशासित क्लब मस्र्याङ्दी युवा क्लब गोरखा घोषित भयो । उत्कृष्ट खेलाडी तनहुँ–११ का रन्दीप पौडेल भए । 

प्रतियोगिताका विजेता टोली तथा खेलाडीहरुलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले पुरस्कार प्रदान गरे । भानु जयन्तीकै अवसरमा क्लबले बिहीबार आयोजना गरेको छेलो हान्ने प्रतियोगिताको उपाधि रामकुमार श्रेष्ठले जिते । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *