सानिमा बैंकका ग्राहकहरुलाई फुडमाण्डुमा क्यासब्याक अफर

न्भेष्टाेपेपर । साउन २०, २०८०

काठमाण्डौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमाण्डुसंग क्यासब्याक अफरको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले योजना अवधिभर प्रत्येक शनिबार फुडमाण्डुमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछ ।

सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. २०० सम्म, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा अधिकतम रु. ३०० सम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा अधिकतम रु. ३०० सम्मको क्यासब्याक पाउन सक्नुहुनेछ ।

ग्राहकहरुले उक्त भुक्तानी भएको एक हप्ता भित्र क्यासब्याक प्राप्त गर्नुहुनेछ । यो योजना २० श्रावण, २०८० देखि २० माघ, २०८० गतेसम्म प्रत्येक शनिबारका लागि लागू हुनेछ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *