विष्फोटक ब्याट्सम्यान क्रिस गेलले अागामी विश्वकपपछि सन्यास लिने

Investopaper, Feb 18, 2019

क्रिकेट जगतमा विश्वका विष्फोटक ब्याट्सम्यानका रुपले परिचित वेष्ट इन्डिजका क्रिकेट खेलाडी क्रिस गेलले विश्वकपपछि सन्यास लिने घोषणा गरेका छन् ।

३९ वर्षीय गेलले यसै वर्ष इंग्ल्यान्ड र वेल्समा हुने एकदिवसीय विश्वकप क्रिकेटपछि सन्यास लिने घोषणा गरेको बीबीसीले जानकारी दिएको छ । विश्वकप २०१९ को मे ३० देखि जुलाई १५ सम्म इंग्ल्यान्ड र वेल्समा हुदैछ ।

एकदिवसीय क्रिकेटमा क्रिस गेलले २८४ म्याचमा २७९ र्इनिंग खेल्दै २३ शतक प्रहार गरेका छन् भने ४९ अर्धशतक बनाएका छन् । उनले एकदिवसीय क्रिकेटमा मात्रै ९७२७ रन बनाएका छन् । सन् २०१५ को विश्वकप क्रिकेटमा उनले दोहोरो शतक प्रहार गरेका थिए । जिम्बाब्वेविरुद्ध बनाएको त्यो २१५ रन नै उनको करिअरको सबैभन्दा उच्च स्कोर हो ।

टेष्ट क्रिकेटमा पनि क्रिस गेलकाे राम्राे प्रदर्शन रहेकाे छ । उनले ४२.१९ काे अाैषतमा ७२१५ रन बनाएका छन । टेष्ट केरियरमा उनकाे ३३३ रनकाे उच्च याेगफल रहेकाे छ ।

अलराउडरको रुपमा परिचित गेलले एक दिवसीय क्रिकेटमा १६५ विकेट समेत लिएका छन् । हालसम्म १९४ एकदिवसीय खेलमा बलिंग गरेका गेलले ५८३१ रन खर्चेका छन भने एकपटक ५ विकेट समेत हात पारेका छन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *