राति अध्याराेमा स्मार्टफोन चलाउंदा मानव स्वास्थ्यमा खतरा
Investopaper, Feb 18, 2019
संचारकाे विकास संगै र्इन्टरनेट र माेवार्इलकाे नशाले सवैलार्इ च्याप्पै समातेकाे छ । अाजभोलीका मानिसहरू माेवाइलबिना एकछिन पनि बस्न सक्दैनन् । कतिपय यस्ता मानिसहरु हुन्छन् जो सुत्नुभन्दा अघि अध्यारोमा वा रातको समयमा स्मार्टफोनमार्फत काम गर्ने गर्छन् ।
जसबाट आँखा र मस्तिष्कमा नराम्रो असर पर्ने गर्दछ । अनुसन्धानले अध्यारोमा स्मार्टफोन चलाउनु खतराजनक हुने बताएका छन् । माेवार्इलबाट निस्कने तेज प्रकाशले हाम्राे शरीरमा नराम्राे असर गरिरहेकाे हुन्छ । रातिमा सुत्नुअघि मोबाइल चलाएमा आँखाको रेटिनामा गम्भीर असर पर्छ ।
विभिन्न युनिभर्सिटीले गरेकाे शाेधले माेवार्इलकाे असर बारे प्रकास पारेका छन । अमेरिका मस्कुलर डिजेनेरेशन फाउन्डेशनका अनुसार यसबाट आँखाको ज्योति कमजोर हुन जान्छ । रातको समयमा सुत्नुअघि मोबाइल चलाएको खण्डमा शरीरमा मेलाटोनिन (Melatonin) नामक हर्मोनमा कमी आउन थाल्छ ।
हार्भड युनिभर्सिटीले गरेको अनुसन्धानका अनुसार शरीरमा मेलाटोनिन हर्मोनको कमी आएमा राति अबेरसम्म निन्द्रा नलाग्ने समस्या आउँछ । युनिभर्सिटी अफ ओरसेष्टर बेलायतले गरेको अध्ययनले राति अबेरसम्म स्मार्टफोन चलाएमा शरीरमा मेलाटोनिन हर्मोनको कमी आउँदा तनाब बढ्ने देखाएको छ ।


राति अबेरसम्म स्मार्टफोन चलाएमा ब्रेन ट्युमर अर्थात मस्तिष्कको क्यान्सर पनि हुन सक्छ । युनिभर्सिटी अफ बोर्डेक्स (University of Bordeaux) फ्रान्सले गरेको एक अध्ययनले यसबाट मस्तिष्कको स्मरण शक्तिमा पनि असर पार्ने देखाएको छ ।
राति अबेरसम्म मोबाइल चलाएमा शरीरले पुरा निन्द्रा पाउन सक्दैन । यसले दिनभर नै थकानको महशुस हुन्छ । राति लामो समयसम्म मोबाइल चलाएमा त्यसले आँखाको सिलियरी मांसपेशीमा असर पर्दछ ।
जसले आँखाको फोकस गर्न सक्ने शक्ति कमजोर हुन्छ । र आँखालाई कुनै कुरामा फोकस गर्न समस्या आउँछ । राति अबेरसम्म मोबाइल चलाएमा यसबाट आँखा दबाव पर्न जान्छ । यसबाट डार्क सर्कलको समस्या देखिन सक्छ।
- एजेन्सी
