यती एयरलाइन्सको दुर्घटनाको मृतक परिवारलाई नेपाल लाइफद्वारा एक करोड एक लाखको दाबी भुक्तानी

न्भेष्टाेपेपर ।  फागुन ४, २०७९

काठमाण्डाैँ । जीवन बीमा कम्पनी नेपाल लाइफले रू एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ । पोखरा उ.म.पा–१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको पाैष १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घंटनामा असामायिक निधन भएको थियो ।

बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्री (आमा) लाई रू एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको छ ।

आफ्नो जीवनकालमा संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स क.लि बालाजु शाखा कार्यालयबाट मिती रु.५०,००,०००।– बीमाङ्क भएको जीवन सहारा बिमा योजना लिनु भएको थियो । बीमाङ्क बापतको रकम अन्तर्गत रु.५०,००,०००।– र दुर्घंटना मृत्यु दावी बापत रु.५०,००,०००।– गरी जम्मा रु.१,०१,००,०००।– इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको छ ।

२०७९ पौष मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख मार्फत रु १९७.१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *