कोका–कोलाले नेपालको लागि बनायो ‘द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वल्र्ड रेकर्ड

न्भेष्टाेपेपर । चैत्र ५, २०८०

काठमाडौं । कोका–कोलाले नेपालमा ’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वल्र्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ ।

शुक्रबार, चैत २ गतेका दिन बौद्ध, काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ’काठमाडौँ इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ’द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ गिनिज वल्र्ड रेकर्ड कायम गरेर अविस्मरणीय अनुभव सिर्जना गरी कोका–कोलाले इतिहास रचेको छ ।

कोका–कोलाले ५०० जना भन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो । प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियोे । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरु पनि कार्यक्रममा उपस्थित रहेका थिए ।

कार्यक्रम लगभग १५ मिनेट चलेको थियो र सहभागीहरूले कोका–कोलासँगै स्वादिष्ट मोमोको स्वाद लिएका थिए ।

कोका–कोलाले विश्वभरका फूड लभरहरूलाई मोहित गर्ने प्रिय डम्प्लिङ डिश मोमोको साथमा छनौट गरिने पेय पदार्थको रूपमा लोकप्रियता हासिल गरेको छ । परम्परागत रूपमा मासुका कीमा वा तरकारीहरूले भरिएको र बाफमा पकाइने मोमो र कोका–कोलाका रिफ्रेशिंग विशेषताहरूले एक भिन्न जोडी बनाउँछन्, जसले स्वाद र टेक्स्चरको उत्तम फ्युजनको परिणाम दिन्छ र सबैलाई अझ मोमो खान उत्सुक बनाउँछ ।

कोका–कोलाले नेपालमा आफ्नो ५० वर्ष मनाउँदै गर्दा, यो गिनिज वल्र्ड रेकर्ड उपाधिले कोका–कोलाको सांस्कृतिक एकता र मनोरञ्जन प्रदान गर्ने आफ्नो विरासतलाई कायम गरेको छ । कोका–कोला नेपालको जीवन्त सामुदायिक भावना र समृद्ध सम्पदाको उत्थान गर्न प्रतिबद्ध रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *