पशुपतिनाथ मन्दीरमा दर्शनार्थीले पालना गर्नुपर्ने आचरण

इन्भेष्टोपेपर । मंसिर ४, २०७८

काठमाण्डाैं । पशुपतिनाथ हिन्दु धर्मालम्बीको महत्वपूर्ण तीर्थस्थल हो । भगवान पशुपतिनाथको दर्शन गर्न देश विदेशबाट ठूलो संख्यामा हिन्दू धर्मावलम्वीको भीड लाग्ने गर्दछ ।

पशुपतिनाथको दर्शन गर्ने भक्तजनहरुका लागि निश्चित नियमहरु बनाइएका छन् । सम्पूर्ण भक्तजन तथा दर्शनार्थीहरुले पालना गर्नुपर्ने आचरण यस्ता छन्-

१. मन्दिर प्राङ्गणमा छालाजन्य बस्तु धारण गरी प्रवेश गर्न निषेध गरिएकाे छ । जुत्ता, छालाकाे पेटी तथा छालाकाे पर्स बाहिर राखेर दर्शन गर्न मन्दीरमा प्रवेश गर्नु पर्दछ ।

२. मन्दिर प्राङ्गणमा शान्त एवं धार्मिक तथा आध्यात्मिक वातावरण कायम गर्न सहयोग पुर्याउने, उच्छृङ्खल तथा अशोभनीय गतिविधि गर्नु हुँदैन ।

३. मादक पदार्थ सेवन गरी मन्दिर प्रवेश गर्न पाइँदैन भने मन्दिर प्राङ्गणमा चुरोट, विडी, खैनी, पान तथा अन्य सूर्तीजन्य वस्तु प्रयोग निषेध गरिएकाे छ ।

४. मन्दीरकाे प्रवेश द्वारभित्र पसेपछि क्यामेरा तथा माेबाइलबाट फाेटाे खिच्न मनाही गरिएकाे छ । कोषद्वारा निर्धारित स्थानमा बाहेक अन्य स्थानमा क्यामरा, मोबाइल फोन तथा यस्तै अन्य विद्युतीय उपकरण प्रयोग गर्न पाइँदैन ।

५. लामवद्ध भै पशुपतिनाथकाे दर्शन गर्ने, पालाे मिचेर अगाडी नजाने तर अशक्त, अपाङ्ग व्यक्ति तथा बृद्ध बृद्धाका लागि अग्रीम दर्शन गर्न यथोचित सहयोग गर्ने वा गराउन पहल गर्नु मानवीय कर्तव्य हाे ।

६. मन्दीरका भट्ट, भण्डारीहरुसँग मर्यादित व्यवहार गर्ने, मन्दिरमा सेवा लिए वापत कुनै पनि पूजारी, भण्डारी, कर्मचारी, सुरक्षाकर्मी तथा अन्य व्यक्ति विशेषलाई नगद, जिन्सी उपहार नदिने ।

७. आफूले मन्दिरमा चढाउन लागेको भेटी, दान तथा दक्षिणा नगद भएमा नजिकैका भेटीपात्र तथा दानपात्रमा राख्ने वा राख्न लगाउने र अन्य कुनै द्रव्य वा जिन्सीको हकमा कोषमा दाखिला गरी त्यसको रसिद भरपाई लिने वा लिन लगाउने ।

८. मन्दिर प्राङ्गणभित्र कोषले तोकेको स्थानमा मात्र धार्मिक कार्य गर्ने, निर्धारित स्थानमा बाहेक अन्य स्थानमा धुप वत्ति नबाल्न तथा पशुपति क्षेत्रमा रहेका देवदेवीका मूर्तिमा क्षति पुर्याउने कार्य गर्नु हुँदैन ।

९. निर्धारित सुरक्षा व्यवस्थाको पालना गर्ने, कोषद्वारा निर्धारित स्थानमा बाहेक अन्य स्थानमा थुक्न, दिशा पिसाब गर्न र फोहोर मैला फाल्न पाइँदैन ।

१०. तोकिएको स्थानमा बाहेक मन्दीर परीसरकाे अन्य स्थानमा सवारी साधन ल्याउन वा रोकी राख्न पाइँदैन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *