आज राति १२ बजेबाट एक साताकाे लागि उपत्यकामा निषेधाज्ञा (निर्णयहरू सहित)

इन्भेष्टोपेपर । भाद्र ०३, २०७७ 

आज बुधबार राति (भदौ ३ गते) १२ बजेदेखि काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा लागू हुने भएको छ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू जनकराज दाहाल, नारायणप्रसाद भट्ट र हुमकला पाण्डेसहित सुरक्षा प्रमुखको बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि यस्तो निर्णय गरिएकाे हाे। 

निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सेवा ठप्प रहनेछन्। यो निर्णयसँगै जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक गाडी चलाउन पाइने छैन भने कार्यालय संचालनकाे लागि बिहान सांझ निश्चित समयमा कर्मचारी अावत जावत गर्ने छुट दिइएकाे छ ।

निर्णयहरू ( जारी सूचना)  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *