राउटे महामुखियाको शाहीको निधन

न्भेष्टाेपेपर । कात्तिक १९ २०८०

दैलेख ।  राउटे समुदायका पूर्व मुखिया (महामुखिया) महिनबहादुर शाहीको निधन भएको छ । दैलेखको भैरवी गाउँपालिका –३ छामघाटमा आइतबार बिहान उनको निधन भएको हो । 

सोसेक नेपालद्वारा सञ्चालित राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले पाँच महिना ढाड दुख्ने बिरामीका कारण थला परेका उहाँको बिहान मृत्यु भएको जानकारी दिनुभयो । उहाँले बिहान ३ बजेतिर मृत्यु भएको राउटे समुदायले आफ्नो परम्पराअनुसार मृतक शाहीको अन्तिम दाहसंस्कार गरिसकेको बताउनुभयो । 

गुराँस गाउँपालिकाले प्रदान गरेको परिचयपत्रमा उहाँको जन्म मिति २०१४ भदौ ९ गते रहेको उल्लेख छ । महामुखिया शाहीकी पत्नी दुनी शाही र दुई बुहारीहरू सुरमान र सुन्दरी शाही रहेका छन् । महामुखिया शाहीका छोरा नारायण शाहीको केही समयअघि आगोमा जलेर निधन भएको थियो । 

नारायणको काठमाडौँमा उपचारको क्रममा निधन भएको हो । त्यसअघि उहाँका अर्का छोरा शिवराज शाहीको पनि लडेर निधन भएको थियो । । भैरवी गाउँपालिका –३ कै कोइराला गाउँमा बसेका राउटेहरू छ दिन अघिमात्र छामघाटमा सरेका थिए । राउटे समुदायमा माहामुखीया भनेको पूर्व मुखियालाई भन्ने गरिन्छ । याे समाचार गाेरखापत्रमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *