सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको प्रतिफल घोषणा

न्भेष्टाेपेपर । असाेज १४, २०८१

काठमाण्डाैँ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडकाे यही १३ गते बसेको संचालक समितिको बैठकले मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट योजनाको ईकाइधनीहरुलाई आ.व.२०८०/८१ को प्रतिफल घोषणा गरेकाे छ ।

जस अन्तर्गत सिटिजन्स म्युचुअल फण्ड – १ बाट कर सहित ९ प्रतिशत नगद लाभांस, सिटिजन्स म्युचुअल फण्ड -२ बाट कर सहित ६।५ प्रतिशत नगद लाभांस र सिटिजन्स सुपर – ३० म्युचुअल फण्डबाट कर सहित १० प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ । साथै, उक्त लाभांस वितरण प्रयोजनका लागि २०८१ आश्विन २३ गते एक (१) दिन सबै म्युचुअल फण्डको ईकाइधनी दर्ता किताब बन्द रहने छ ।

सिटिजन्स क्यापिटल लिमिटेडकाे काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा रजिष्ट्रर कार्यालय रहेको छ । यस संस्थाकाे अध्यक्षमा राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ रहेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *