चीनमा फेला पर्यो लोपोन्मुख सुनौलो बाँदर

इन्भेष्टाेपेपर ।  साउन २५ २०७९

काठमाडौं । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा सुनौलो कपाल भएका बाँदरको संरक्षणमा उल्लेखनीय प्रगति भएसँगै यो प्रजातिका बाँदरको सङ्ख्या पनि बढेको छ ।

दश वर्षअघि दुई हजारभन्दा कम सङ्ख्यामा रहेका ती बाँदरको सङ्ख्या अहिले बढेर तीन हजार आठ सय पुगेको सुनौला बाँदर प्रजातिसम्बन्धी सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

युनानका सुनौलो कपाल भएका बाँदरलाई लोपोन्मुख वर्गमा राखेर विशेष संरक्षण अभियान थालिएको छ ।

युनान प्रान्तीय वन तथा घाँसे मैदान प्रशासन र डाली विश्वविद्यालयको पूर्वी हिमालय जैविक विविधता अनुसन्धान संस्थानलगायत १३ संस्थाले सन् २०१९ देखि संयुक्त रूपमा सुरु गरेको संरक्षण सञ्जालले यो प्रजातिका बाँदरको संरक्षणमा ठूलो धनराशि लगानी गरेका छन् ।

डाली विश्वविद्यालयको पूर्वी हिमालय जैविक विविधता अनुसन्धान संस्थानका उपनिर्देशक झाङ सुक्सियाले प्रजातिको संरक्षणले उल्लेखनीय परिणाम प्राप्त भएको बताउँदै दुर्लभ एवम् लोपोन्मुख जीवजन्तुको संरक्षणमा यो उपलब्धि एउटा उदाहरण बनेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले यो प्रजातिको संरक्षणका लागि थप कदम चालिने जानकारी पनि दिनुभयो ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *