चौधरी उद्योग ग्रामको बियर प्लान्टमा आगलागी

इन्भेष्टोपेपर । जेष्ठ १९, २०७

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा आगलागी भएको छ ।

बुधवार बिहान भएको आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित तीन ओटा वारुणयन्त्र (दमकल) प्रयोग गरिएको छ ।     
     
आगलागीका कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयाे। जिल्लाको देवचुली–२ मा रहेको चौधरी उद्योगग्रामअन्तर्गत नेपाल आइस बियर प्लान्टमा आगलागी भएको गिरीले बताउनु भयाे ।

आगलागी नियन्त्रणका लागि चितवनको भरतपुरबाट गएको नेपाली सेना, कावासोती नगरपालिका र चितवनको खैरहनी नगरपालिकाको वारुणयन्त्रले प्रयास गरिरहेको गिरीले बताउनु भयाे । 
     
बियर प्लान्टमा अहिले पनि आगो बलिरहेको छ । आगलागी भएको स्थानमा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुग्नुभएकाे छ । आगलागीका कारण कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *