चीनमा निर्मित सिनोभ्याक खोपले डब्लूएचओबाट प्रयोगको अनुमति पायाे

इन्भेष्टोपेपर । जेष्ठ १९, २०७

जेनेभा । चीनमा निर्मित कोरोनाविरुद्धको सिनोभ्याक खोपले आपतकालिन प्रयोगको अनुमति पाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनमा निर्मित दोस्रो खोपलाई पनि प्रयोगको अनुमति दिएको हो।

यसअघि सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपले डब्लूएचओबाट आपतकालिन प्रयोगको अनुमति पाएको थियो। सोही खोप उसले नेपाललाई १८ लाख मात्रा अनुदानमा दिएको छ। 

सिनोभ्याकले पनि प्रयोगको अनुमति पाएसँगै कोभ्याक्स कार्यक्रममा यसलाई समावेश गरिने भएको छ। डब्लूएचओको नेतृत्वमा सञ्चालन भइरहेको कोभ्याक्स कार्यक्रमले आयस्रोत कम भएका मुलुकलाई खोप उपलब्ध गराउँदै आएको छ।

डब्लूएचओले अनुमति दिनुभन्दा पहिले नै सिनोभ्याक विश्वका विभिन्न मुलुकले आपतकालिन प्रयोगमा ल्याइसकेका छन्। उनीहरूले १८ वर्षदेखि माथिकालाई प्रयोग गर्न अनुमति दिइसकेका हुन्। 

खोपको दुई मात्रा प्रयोग गर्नुपर्ने हुन्छ। डब्लूएचओका अनुसार पहिलो खोप लगाएको दुईदेखि चार सातापछि दोस्रो मात्रा लगाउनुपर्छ। खोपले लक्षण देखिएका आधाभन्दा बढीलाई गम्भीर बिरामी हुनबाट जोगाएको अध्ययनले देखाएको छ। (एजेन्सी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *