आज सुनचाँदीको मूल्य घट्यो
इन्भेष्टाेपेपर । कात्तिक १९, २०८२
काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू. एक हजार एक सय र चाँदी तोलामा रू. २५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू. दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू. दुई हजार ९९० मा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
